Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : अफगानिस्तानले इंगल्याण्डलाई दियो २८५ रनको लक्ष्य

    विश्वकप क्रिकेट : अफगानिस्तानले इंगल्याण्डलाई दियो २८५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 684
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अफगानिस्तानले इङ्ग्ल्यान्डलाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

    दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ४ बलमा २ सय ८४ रनमा अलआउट भयो ।



    अफगानिस्तानका रहमानुल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । यस्तै इक्राम अलिखिलले ५८ रन जोडे । बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिदले ३ र मार्क वुडले २ विकेट लिए ।



    अफगानिस्तान र इंगल्याण्ड दुवैको विश्वकपमा यो तस्रो खेल हो। यसअघि एकमा हार र एक खेलमा इंगल्याण्डले जित निकालेको छ भने अफगानिस्तानले यसअघिका दुवै खेलमा हार ब्यहोरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार