Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • कोशीको झट्काले सत्ता गठबन्धनमा संशय

    कोशीको झट्काले सत्ता गठबन्धनमा संशय

    अनलाइन नेपाल
  • आइतबार, २८ असोज २०८०
  • 501
    SHARES

    काठमाडौं । कोशी प्रदेशको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो ।

    कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बिहान कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिन नयाँ सहमति गर्नुपरेको छ ।



    कोशीमा भएको राजनीतिक धु्रवीकरणको बाछिटाले संघीय सरकार प्रभावित हुने देखिएपछि दाहालले सत्ताको प्रमुख घटक कांग्रेसका दुई नेताहरू शेरबहादुर देउवा र कोइरालासँग यही गठबन्धन र सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको हो ।



    कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रको समेत समर्थन रहेको जनाउँदै दाहालले प्रधानमन्त्री पद जोगाउन कांग्रेसका दुई नेतालाई बोलाएर यस्तो सहमति गरेका हुन् ।

    गठबन्धन दलको बुधबारको बैठकले कोशी को मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेस नेता कोइरालाले गठबन्धन दलको निर्णय अस्वीकार गर्दै कार्कीलाई एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न लगाए ।

    कोइरालाको चाहनाअनुसार नै कार्की मुख्यमन्त्री बनेपछि त्यसले कोशी प्रदेशको राजनीतिक समीकरण मात्र होइन, संघीय सरकारको समीकरणमा पनि धक्का पुग्ने आकलन हुन थालेको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार