Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी कांग्रेस संसदीय दलका नेता थापाले दिए राजीनामा

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सं‌सदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् ।

केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर थापाले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए। उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो।

केदार कार्की कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077