Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न सकिँदैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न नसक्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा पार्टीको स्कुल विभागले पार्टी विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले पार्टीमा बसेर संगठनलाई मान्दिनँ भन्न नपाउने बताए ।

पार्टीमा बसेर महासचिव, उपमहासचिव मान्दिनँ भन्नु संगठन विपरित भएको भन्दै अनुशासनहीन र अराजकताले पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।

पार्टीको अनुशासन नमान्ने व्यक्ति पार्टीको कार्यकर्ता हुन नसक्ने अध्यक्ष ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077