Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी प्रसारण लाइनका तीनवटै टेन्डर रद्द

काठमाडौं । अमेरिकी अनुदान रहेको कार्यक्रम एमसीसीअन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का भएका छन् ।

लागत अनुमानभन्दा अस्वाभाविक बढी रकम राखेर टेण्डर आह्वान भएपछि कार्यान्वयन निकाय एमसीएले ठेक्का रद्द गरेको हो ।

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानएको छ । एमसिसी परियोजना अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ ।

अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नुपर्नेछ । एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणका ३ वटा समूहमा विभाजन गरेर ठेक्का निकालेको थियो ।

यी प्रसारणलाइनको लागत २२ करोड ६ लाख अमेरिकी डलर पर्ने अनुमान छ । तर, ठेक्कामा न्यूनतम प्रस्ताव नै ६६ प्रतिशतभन्दा बढी अर्थात् ३६ करोड ५९ अमेरिकी डलरको परेको थियो । बढी लागत अनुमानको टेण्डर परेकोले हालको टेन्डर रद्द गरेर एमसीएले अर्को टेण्डर खुलाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077