Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलबाट विद्यार्थी ल्याएकोमा एमाले अध्यक्ष ओलीले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यवाद दिएका छन् ।

प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी द्धन्द्धमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि एमाले अध्यक्ष ओलीले सरकारलाई धन्यवाद दिएका हुन ।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन, ‘नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद ।’

सरकारले बिहीबार राती इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइएको छ । परराष्ट्र मन्त्री एनपी साउँद आफै इजरायल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077