Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसी प्रसारण लाइनको तीनवटै टेन्डर रद्द हुने

काठमाडौं । अमेरिकी अनुदान रहेको कार्यक्रम एमसीसीअन्तर्गतका विद्युत प्रसारण लाइनसम्बन्धी तीनवटै प्याकेजका ठेक्का रद्द हुने भएको छ ।

एमसिए नेपालले गरेको अनुमानित लागत भन्दा ६१ प्रतिशत महँगो न्यूनतम लागत परेपछि अन्ततः यो टेन्डर नै रद्द हुने भएको हो ।

एमसीसी परियोजना अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि तीन लटमा विभाजन गरेर अघि बढाइएको ठेक्का प्रक्रियामा गत जेठ ८ गते टेन्डर खुला गरिएको थियो।

स्रोतका अनुसार बिहीबार बसेको एमसिसी र एमसिए नेपालको प्राविधिक बैठकमा एमसिसीका अधिकारीले ठेक्का रद्द गर्नुपर्ने बताएका हुन्।

अब औपचारिक रूपमा एमसिए नेपालले सूचना जारी गरेसँगै टेन्डर रद्द हुने छ । अब बोलपत्रसम्बन्धी नयाँ सूचना चाँडै निकाल्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077