Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

    इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 564
    SHARES

    काठमाडौं । इजरायलमा रहेका २५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो ।

    उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताए ।

    इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार