Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट काठमाडौं आइपुगे २५४ जना नेपाली

काठमाडौं । इजरायलमा रहेका २५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् । सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो ।

उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए । उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताए ।

इजरायलमाथि हमास समूहको आक्रमणमा परि सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको र उनीहरुको शव नेपाल ल्याउनका लागि इजरायल सरकारसँग समन्वय भइरहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077