काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो हार बेहोरेको छ ।
बिहीबार भएको खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो ।
यसअघि क्वीन्टन डी ककले विश्वकपमा लगातार दोस्रो शतक प्रहार गरेपछि दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ११ रन बनाएको थियो ।
Leave a Reply