काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गाडीमा तोडफोड गरेपछि त्यस्को हिसाव किताब गर्ने बताएका छन् ।
झापाको अर्जुनधारामा एमाले नेता बस्नेत सहभागी कार्यक्रममा तोडफोड भएपछि सामाजिक संञ्जालमा बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।
'झापाबाट कार्यक्रम भब्य ढंगले सम्पन्न गरेर काठमाण्डौ फर्कने क्रममा युवाहरुबाट बिदाई सम्पन्न भयो । कार्यक्रम सम्पन्न भएपछि अराजक दुर्गा प्रसाईंका पाखण्डीहरुले कथित पहिचानबादीको आडमा पार्किङ्ग गरिराखेको सर्वसाधारण र सहभागीहरुको गाडी तोड्फोड गरेर आफ्नो कायरता प्रदशन गरेकाछन । यस्को हिसाव किताब अबस्य हुनेछ !’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन् ।
सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका थिए ।
[insert page='252619' display='yopanipadhnuhos.php']
नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। प्रहरीकै घेराबन्दीमा युवा नेता बस्नेत कार्यक्रम स्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए।
राजधानीको एक होटेलमा दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए। प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए।