Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतको कार्यक्रममा दुर्गा प्रसाईँका कार्यकर्ताले गरे तोडफोड

झापा । झापामा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रमका तोडफोड भएको छ ।

पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले बस्नेत सहभागी कार्यक्रमका एक दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेका हुन्। बस्नेत राष्ट्रिय युवा संघ अर्जुनधारा नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्न झापा पुगेका थिए ।

बस्नेतलाई अवरोध गर्न कार्यक्रम स्थल पुगेका पहिचानवादीहरूले नेता तथा कार्यकर्ता चढ्ने सवारीसाधनमाथि तोडफोड गरेका छन् । महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको हो ।

सडकमा छरिएर रहेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरूले ढुंगामुढा गरी सडक किनारमा पार्किङ गरी राखिएका एक दर्जन बढी सवारीसाधनहरूको सिसाहरू फुटाएका छन्।

नेता बस्नेत सहभागी कार्यक्रम बिथोल्न पुगेका पहिचानवादी र दुर्गा प्रसाईँ समर्थकहरू सडकमा नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए। युवा संघका कार्यकर्ता र पहिचानवादी, दुर्गा प्रसाईँ समर्थकबीच हुनसक्ने झडपलाई मध्यनजर गरी ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।

प्रहरीकै घेराबन्दीमा युवा नेता बस्नेत कार्यक्रम स्थल पुग्दा उनीहरूले कालोझण्डा देखाउँदै चर्को नाराबाजीसमेत गरेका थिए।

राजधानीको एक होटेलमा दुर्गा प्रसाईँलाई मोसो दलेपछि प्रसाईँ पक्षधरहरूले बस्नेतलाई टार्गेट बनाएका थिए। प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077