Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्कुटरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । स्कुटरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।

स्कुटरले आज बिहान ठक्कर दिंदा सल्लाघारीकी ६८ वर्षीय भुलिमाया धगुछुको मृत्यु भएको हो ।

लिमायालाई भक्तपुर नगरपालिका १ नगरकोटमोड नजिक बा६९प ९१० नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।

दुवाकोटबाट सल्लाघारी जाँदै गरेको स्कुटरले बाटो क्रस गर्ने क्रममा भुलिमायालाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएकी उनको डा।ईवामुरा अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ठक्कर दिने स्कुटर चालक दोलखाकको तामाकोशी गाँउपालिका ४ घर भई भक्तपुर दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077