Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन जहाज निर्धारित समयमा इजरायल नजाने

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज निर्धारित समयमा इजरायल नजाने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बुधवार राति ११ बजे उड्ने तय भएको जहाज कानूनी प्रक्रिया नमिलेपछि निर्धारित समयमा नजाने भएको हो ।

अब जहाज बिहीवार बिहानै उड्ने बताइएको छ । यद्यपि, समय भने निश्चित भएको छैन । २२८ जना जना नेपाल फर्किने छन् । उनीहरुलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफै जाने बताइएको छ ।

कमर्सियल फ्ल्याइटमा आएकाको सबै बिल सरकारले ब्योहोर्ने निर्णय गरेको छ । इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077