Online Nepal
  • बिहिबार, ७ चैत्र २०८१
  • नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन जहाज निर्धारित समयमा इजरायल नजाने

    नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन जहाज निर्धारित समयमा इजरायल नजाने

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाल एयरलाइन्सको जहाज निर्धारित समयमा इजरायल नजाने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार बुधवार राति ११ बजे उड्ने तय भएको जहाज कानूनी प्रक्रिया नमिलेपछि निर्धारित समयमा नजाने भएको हो ।



    अब जहाज बिहीवार बिहानै उड्ने बताइएको छ । यद्यपि, समय भने निश्चित भएको छैन । २२८ जना जना नेपाल फर्किने छन् । उनीहरुलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफै जाने बताइएको छ ।

    कमर्सियल फ्ल्याइटमा आएकाको सबै बिल सरकारले ब्योहोर्ने निर्णय गरेको छ । इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार