Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • एकदिवसीय विश्वकप

    अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य

    अफगानिस्तानले भारतलाई दियो २७३ रनको लक्ष्य

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 681
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानले घरेलु टिम भारतविरुद्ध २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    भारतको नयाँदिल्लीस्थित अरुण जेट्ली रंगशालामा टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २७२ रनको योगफल खडा गर्‍यो ।



    अफगानिस्तानका हश्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए । यस्तै अजमतुल्लाह ओमरजाईले ६२ रन जोडे । बलिङतर्फ भारतका जसप्रीत बुमराहले ४ र हार्दिक पान्ड्याले २ विकेट लिए ।



    दुवै टोलीको यो दोस्रो खेल हो । भारतले पहिलो खेलमा अस्ट्रेलियालाई हराउँदै अफगानिस्तान बङ्गलादेशसँग पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार