Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनकपुर विमानस्थलमा एमाले कार्यकर्ताले गरे हवाई सुरक्षा उल्लंघन

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न नेता कार्यकर्ताहरु जनकपुरधाम विमानस्थलको धावनमार्गसम्मै पुगेका छन् ।

सुरक्षालाई चुनौती दिँदै उनीहरु अध्यक्ष ओलीको स्वागतका लागि विमानस्थलको धावनमार्गमा पुगेका हुन् ।

विमानस्थलका प्रमुख भीम दत्त पन्तले विमानस्थलको धावनमार्गमा अनधिकृत व्यक्तिहरु प्रवेश गरेपछि विमानस्थल सुरक्षार्थ खटिएका प्रहरीका इन्चार्जलाई स्पष्टीकरण सोध्ने बताएका छन् ।

अध्यक्ष ओलीको स्वागतमा एमाले नेता कार्यकर्ताहरु सुरक्षा उल्लंघन गर्दै धावनमार्गमै पुगेका थिए । यति एयरलाईन्सको विमान चढेर ओली जनकपुर पुग्दा ओलीको स्वागत गर्न एमाले नेता कार्यकर्ताहरु विमानको ढोकासम्मै पुगेका थिए ।

भीआइपीको स्वागत गर्न भीआईपी कक्ष र धावन मार्ग बाहिर पाँचजना मात्र जान पाउने नियम बनाएको छ । तर बुधबार त्यो नियम तोडिएपछि विमानस्थलले विमानस्थल सुरक्षा प्रमुखलाई स्पष्टीकरण सोध्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077