Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड सरकार असफल भइसक्यो, यो सरकारको काम छैन : केपी ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

एमालेको मधेस प्रदेशको अधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका अध्यक्ष ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार असफल भएको दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले यो सरकार कहिले ढल्ने आफूले भन्न नसके पनि यो सरकार यही अवस्थामा रहनै नहुने बताए ।

अध्यक्ष ओलीले भने, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’

उनले एमाले सही विचार भएको पार्टी भएको र सही विचारका कुरालाई कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपालीको संकल्प बोकेर हिँडेको पार्टी भएको बताए ।

उनले देशको राजनीतिक, आर्थिक र समाजलागायतका विषयमा अरू पार्टीका नेतासँग छलफल हुने गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077