Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव - कोशीमा सरकार गठनका लागि सहयोग गर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

राप्रपाले कोशीमा सरकार गठनका विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष लिङ्देनलाई दिएको छ ।

कोशीमा हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ सरकार बन्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077