Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५० वर्ष अगाडि यस्ता थिए केपी ओली, आफैंले सार्वजनिक गरे तस्विर !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ५० वर्ष पुरानो तस्विर सार्वजनिक गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली मंगलबार साँझ सामाजिक सञ्जालमार्फत ५० वर्ष पुरानो तथा युवा अवस्थाको तस्विर सार्वजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा तस्विर राख्दै लेखेका छन्, 'आधा शताब्दी नै भएछ । आज भन्दा ५० वर्ष अगाडी, २०३० साल असोज २३ गते साँझ ६ बजे रौतहटको इनरबारीबाट कोपुवा जाँदैगर्दा गन्तव्यमा पुग्नु केही मिनेट अगाडी म गिरफ्तारीमा परेको थिएँ । त्यसै क्षणपछिको १४ वर्ष मेरा लागि भयानक दुर्दिन सुरु भएका थिए ।

चरम यातना, नेल-हत्कडी, गोलघरको चिसो छिंडी र बिरालोले छाउरा सारे झैं २५ पल्टको जेल सरुवा, अहिले एउटा रोमाञ्चक सम्झना मात्र बनेको छ । ती दिन, महीना र वर्षहरु, त्यो समय, त्यो प्रणाली र त्यसबेलाका पात्रहरु, भोगाइहरु फिल्मको रीलजस्तो याद आइरहन्छन् ।'

उनले उक्त तस्विर पक्राउ पर्नु भन्दा ६ महिना अगाडी आफ्ना मिलनसार साथी केआर खम्बुसँगको भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077