Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय भूमि आयोगका तीन कर्मचारी घुससहित समातिए, अनुसन्धान गर्दै प्रहरी

झापा । राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारीलाई प्रहरीले घुससहित पक्राउ गरेको छ । झापाको हल्दिबारी गाउँपालिकामा खटिएका राष्ट्रिय भूमि आयोगका ती कर्मचारीहरूलाई प्रहरीले सोमवार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन् ।

उनीहरुलाई जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले आइतबार राति १० बजे फेला पारेको बताइएको छ । हल्दिबारी वडा नं १ का गणेशप्रसाद पौडेलको जग्गाको मोठ कायम गर्दा ३९ हजार ६ सयको बिल काटेर ८० हजार लिएको बुझिएको छ ।

पौडेलले उनीहरुविरूद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएपछि सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।ती जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077