काठमाडौं । इजरायलले गाजा क्षेत्रमा पूर्ण रुपमा नाकाबन्दी गरेको छ ।
प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको हो ।
विज्ञहरुका अनुसार आपूर्तिको अनुमति दिइएन भने, गाजापट्टीमा नयाँ मानवीय संकट उत्पन्न हुनेछ।
गाजामा सम्पूर्ण क्षेत्रका सडकहरू भग्नावशेषमा परिणत भएका छन् । प्यालेस्टाइन टावरलगायत धेरै आवासीय भवनहरूमा इजरायलले आक्रमण गरेको छ ।
यी आक्रमणमा गाजामा करिब ७०० जनाको ज्यान गएको छ भने हजारौं घाइते भएको बताइएको छ । गाजा पट्टीमा २३ लाख मानिसहरू बसोबास गर्छन् ।
Leave a Reply