एजेन्सी । इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा मृत्यु हुनेको संख्या एक हजार ५०० नाघेको छ ।
इजरायलमा ९०० र गाजामा ६०० भन्दा बढीको मृत्यु भएको हो । इजरायलले युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ ।
इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको बताइएको छ । शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो ।
उक्त हमलामा १० नेपालीको मृत्यु भएको थियो । यता इजरायलको सेनाले गाजा सीमानजिक रहेका सम्पूर्ण सहरलाई कब्जा गरेको दाबी गरेको छ ।