Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलबाट नेपाल फर्किन दुई सय जनाले दिए आवेदन, शव स्वदेश पठाउन थालियो पहल

काठमाडौं । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन् । तेल अविवस्थित नेपाली दूतावासका अनुसार सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएका हुन् ।

इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार साँझ सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।

त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ । दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको छ ।

साथै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको बताएको छ ।

नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077