Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • इजरायलबाट नेपाल फर्किन दुई सय जनाले दिए आवेदन, शव स्वदेश पठाउन थालियो पहल

    इजरायलबाट नेपाल फर्किन दुई सय जनाले दिए आवेदन, शव स्वदेश पठाउन थालियो पहल

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 870
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएका छन् । तेल अविवस्थित नेपाली दूतावासका अनुसार सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएका हुन् ।

    इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार साँझ सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ ।



    त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ । दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई तेल अबिब सहरमा सुरक्षित स्थानमा ल्याइएको छ ।

    साथै मृतकको शव फिर्ता गर्नका लागि दूतावासले इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको बताएको छ ।

    नेपाल फर्कन इच्छुक नेपालीहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन सुरु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार