Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

    इजरायलबाट नेपालीलाई सरकारले ल्याउने, अनलाइनबाट विवरण संकलन गरिँदै

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 867
    SHARES

    काठमाडौं । नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको उद्धार गर्ने भएको छ । इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागिएको हो ।

    नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ ।



    शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो । यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक सम्पर्कविहीन छन् । मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ ।

    दूतावासले इजरायलमा रहेका सबै नेपालीलाई धैर्य र संयम अपनाउन समेत आग्रह गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार