Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सल घाँटीमा बेरेर सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ

सल्यान । सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । सासूको हत्याको आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

असोज १८ गते बिहान आफ्नै घरभित्रै रहेको भकारीमा मृत अवस्थामा फेला परेकी सिद्धकुमाख गाउँपालिका –४ खार्वनकी ४९ वर्षीया गणेशी रोकाको बुहारीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरभित्रै खाद्यान्न राख्ने भकारीमा मृत भेटिँदा घटना शङ्कास्पद भएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा र पोष्टर्माटम रिपोर्टमा समेत हत्या भएको खुलेपछि शर्मिलालाई घरबाटै पक्राउ गरिएको छ ।

पक्राउ परेपछि सर्मिलाले सासुले दैनिकजसो गाली गलौज गरेकैकारण आवेशमा आएर टाउको र छातीमा दाउरा प्रहार गरेको र सल घाँटीमा बेरेर मारेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी शर्मिलालाई अहिले प्रहरीको हिरासत कक्षमा राखिएको र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077