Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको व्यंग्य – देशलाई माया नगरेपछि गेरुवस्त्र लगाएर पाप कट्दैन !

धागडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ? जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन । एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ।’

उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरे । उनले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077