Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओली धनगढीमा, प्रदेश अधिवेशन उद्‌घाटन गर्ने

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम पुगेका छन्।

अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको उद्घाटनका लागि धनगढी गएका हुन् ।

दिउँसो १२ बजेदेखि सुरु हुने प्रदेश अधिवेशनलाई एमाले अध्यक्ष ओलीले उद्‌घाटन गर्नेछन् ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका महासचिव शङ्कर पोखरेल, सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापालगायतको उपस्थिति रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077