एजेन्सी । इजरायली सेनाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायली नागरिक र सैनिकलाई बन्धन बनाएको जनाएको छ ।
इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएकाहरूमा महिला, बालबालिका, वृद्ध र अपाङ्गहरूसमेत सामेल छन् ।
यसमध्ये केही जीवितै रहे पनि केहीको भने मृत्यु भइरहेको सेनाले आशङ्का जनाएको छ । सामाजिक सञ्जालमा पनि यस्ता धेरै भिडियो साझा भइरहेका छन् । एउटा भिडियोमा गाजापट्टीमा भीडको बिचमा एउटा ट्रक गुडाइरहेको देखिएको छ ।
उक्त ट्रकमा इजरायली बन्धक रहेको बताइएको छ । उता, हमासको हमलापछि इजरायलले गाजापट्टीमा भीषण कारबाही जारी राखेको छ ।
इजरायलको यस कारबाहीमा गाजामा २ सय ३० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार जनाभन्दा बढी घाइते भएको इजरायली सेनाले दाबी गरेको छ ।
त्यस्तै, इजरायलले गाजामा बिजुली, इन्धन र अन्य सामग्रीको आपूर्ति बन्द गर्ने बताएको छ ।
Leave a Reply