Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली सेनाले भन्यो - हमासले कयौँ नागरिकलाई बन्धक बनाएको छ

एजेन्सी । इजरायली सेनाले प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायली नागरिक र सैनिकलाई बन्धन बनाएको जनाएको छ ।

इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएकाहरूमा महिला, बालबालिका, वृद्ध र अपाङ्गहरूसमेत सामेल छन् ।

यसमध्ये केही जीवितै रहे पनि केहीको भने मृत्यु भइरहेको सेनाले आशङ्का जनाएको छ । सामाजिक सञ्जालमा पनि यस्ता धेरै भिडियो साझा भइरहेका छन् । एउटा भिडियोमा गाजापट्टीमा भीडको बिचमा एउटा ट्रक गुडाइरहेको देखिएको छ ।

उक्त ट्रकमा इजरायली बन्धक रहेको बताइएको छ । उता, हमासको हमलापछि इजरायलले गाजापट्टीमा भीषण कारबाही जारी राखेको छ ।

इजरायलको यस कारबाहीमा गाजामा २ सय ३० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार जनाभन्दा बढी घाइते भएको इजरायली सेनाले दाबी गरेको छ ।

त्यस्तै, इजरायलले गाजामा बिजुली, इन्धन र अन्य सामग्रीको आपूर्ति बन्द गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077