Online Nepal
  • बुधबार, ६ चैत्र २०८१
  • इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सुनिश्चितता गर्न रास्वपाको माग

    इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सुनिश्चितता गर्न रास्वपाको माग

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 555
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इजरायलमा रहेका नेपाली नागरिकको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

    हमास र इजरायलबीचको जारी संघर्षमा शनिबार इजरायलमा रहेका ९ जना नेपाली घाइते भएपछि रास्वपाले उक्त माग गरेको हो ।



    “इजरायलमा रोजगारी र अध्ययनको सिलसिलामा बसोबास गरिरहेका हजारौं नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षा अवस्थाबारे हामी अत्यन्तै चिन्तित छौं,” रास्वपाले विज्ञप्तिमा भनेको छ, “परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावास इजरायलमा रहेका नेपाली नागरिकहरुसँग सक्रिय सम्पर्क गरी उनीहरुको सुरक्षाको सुनिश्चितता र मानवीय हितको प्रत्याभूति गर्न हामी आग्रह गर्दछौँ ।”

    इजरायलमा शनिबार बिहान भएको आतंककारी आक्रमणबाट अत्यन्तै दुःखी भएको रास्वपाले जनाएको छ । रास्वपाले इजरायलमाथि हमासले गरेको हमलाको घोर भर्त्सना गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार