Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 627
    SHARES

    काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण हाल कोशी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।

    कोशी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    विभागका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।



    कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ ।

    कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार