काठमाडौं । इजरायलमाथि शनिबार गरिएको आक्रमणको नेपाल विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल सरकारसँग नेपालले ऐक्यबद्धता जनाउँदै आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्नाको हो ।
प्यालेस्टाइनको सुन्नी–इस्लामिक कट्टरपन्थी संगठन हमासले शनिबार मध्य र दक्षिण इजरायलमा रकेट आक्रमण गरेपछि स्थिति अशान्त छ । केही मानिसको मृत्यु भएको छ । धेरैजना घाइते छन् । ‘केही मानिसको ज्यान जाने गरी र कैयौं घाइते हुने गरी इजरायलमा आज भएको आतंकवादी आक्रमणको नेपाल सरकार कडा भत्सर्ना गर्दछ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘संकटको यो घडीमा इजरायल सरकारसँग हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं।’
मन्त्रालयले इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरू आक्रमण भएको क्षेत्रमा रहेका नेपालीहरूसँग सम्पर्कमा रहेको र नेपालीको सुरक्षाका लागि इजरायली अधिकारीहरूसँग समन्वय पनि भइरहेको जनाएको छ।
युद्धको अवस्था भएकाले इजरायलमा भएका नेपालीहरूलाई चनाखो रहन र सरकारी अधिकारीहरूले सुझाएको सुरक्षा मापदण्ड पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै १४ नेपाली काम गरिरहेको फार्ममा पनि आक्रमण गरिएको जानकारी पाएको मन्त्रालयले जनाएको छ । आक्रमणमा नौ नेपाली घाइते भएका र दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
Leave a Reply