काठमाडौं । इजरायलमा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणमा शान्ति मिसनमा रहेका नेपाली सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाका अनुसार इजरायल र लेवनानको सीमा क्षेत्रमा रहेका नेपाली शान्ति सैनिक भएको स्थानमा अहिलेसम्म कुनै अप्रिय घटना नघटेको हो ।
शान्ति मिसनमा ८७५ जना नेपाली सेना तैनाथ रहेका छन् ।
यसैबीच हमासले इजरायलमाथि गरेको आक्रमणमा परेर कम्तिमा ९ जना नेपाली घाइते भएका छन् ।
Leave a Reply