Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकाधिकार नै जमाउन खोज्यो कि भन्ने गरिन्छ, म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नेतृत्वमा बसेको ३५ वर्ष भइसक्दा पनि छाड्न नपाएको गुनासो गरेका छन् ।

शनिबार पार्टीका नेता राम र्कीको लेखहरूको पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्रीसमेत रहेका प्रचण्डले सो गुनासो गरेका हुन् । उनले आफू नेतृत्वमा रहेको नै ३५ वर्ष भइसकेको बताउँदै छोड्छु भन्दापनि सुख नभएकोउल्लेख गरे ।

‘मैले हरेक पटक युवाहरूलाई भन्ने गरेको छु, एकाधिकार नै जमाउन खोज्यो कि भन्ने गरिन्छ। म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो। छोड्छु भन्दापनि सुख छैन,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘तपाईँहरूले भन्न सक्नुहुन्छ अब प्रचण्डले छोडिदिनुपर्छ फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ ? तपाईँहरूले भनिदिनुभयो भने मत खुसी हुन्छु। तर परिस्थिति त्यस्तो हुँदैन।’

यस्तै उनले युद्धकालदेखि नै प्रत्येक पटकको स्कुलिङमा युवाहरूको विद्रोहका बारेमा आवाज उठाउँदै आएको बताए । विद्रोह क्रान्तिकारी र जनता दुवैको अधिकार भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077