Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा नयाँ सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

शनिबार सूचना जारी गर्दै प्रदेश प्रमुख खापुङले शुक्रबार साँझ पाँच बजेभित्र विश्वासको मत प्राप्त गर्ने सक्ने कुनै पनि प्रदेश सभाका सदस्यहरुलाई दाबी पेस गर्न आह्वान गरेका हुन् ।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नभएपछि कार्कीले शनिबार मुख्यमन्त्री पदबाट राजीनामा दिए । सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिने कार्यसूची थियो ।

अब कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश सरकार गठन हुनेछ । जसका लागि कुनै पनि सदस्यले सरकारको नेतृत्वका लागि दाबी पेस गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077