Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भूमिका होइन, राष्ट्रिय भूमिका हुन्छ : अध्यक्ष ओली

काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुन निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भूमिकामा नरहने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित विद्युत् विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानुन बनाउनुपर्ने भएकाले आफूहरू प्रतिपक्षको भूमिकामा प्रस्तुत नहुने बताए ।

विद्युत् विधेयक, २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसद्बाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाई छ । कानुन निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077