Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • एसएसपी पाण्डेमाथि कारबाही सिफारिस

    एसएसपी पाण्डेमाथि कारबाही सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 9.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) बेलबहादुर पाण्डेलाई कारबाही सिफारिस भएको छ । शंकास्पद रकम लेनदेनबारे परेको उजुरी उपर भएको छानबिनमा कारबाही सिफारिस भएको हो ।

    डिआइजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले केही दिनअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा उनको केही आर्थिक कारोबार शंकास्पद देखिएको र त्यसको बैधानिकता पुष्टि गर्न नसकेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएको स्रोत बताउँछ ।



    वीरगञ्जका व्यवसायी राज साहसँग टेलिफोनमा लेनदेन बारे गरेको कुराकानीको अडियो बाहिरिएपछि पाण्डेमाथि छानबिन भएको थियो । उजुरी दिनेले हुन्डी कारोबारीलाई जोगाएर लाभ लिएको दाबी गरेका थिए । तर, हुन्डी कारोबारीलाई जोगाएको पुष्टि हुन नसकेको बरु शंकास्पद लेनदेन गरेको हुनसक्ने भन्दै सामान्य प्रकृतिको विभागीय कारबाहीका लागि सिफारिस भएको प्रहरी स्रोत बताउँछ ।



    एसएसपी पाण्डे हाल प्रहरी एकेडेमीमा कार्यरत छन् । पर्सा प्रहरीको प्रमुख हुँदाको बखतको लेनदेनका अडियो बाहिर आएका हुन् । उनी निकट रहेका व्यवसायी साहलाई पक्राउ गरी पछि प्रहरी अधिकारीले नै उनको मोबाइलमा रेडर्क भएको कुराकानी बाहिर ल्याएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार