काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहिलेकाहीँ मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ भन्दै खुसी व्यक्त गरेका छन् ।
उनले शुक्रबार ‘कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिलेको’ सामाजिक सञ्जालमा उल्लेख गर्दै खुसी व्यक्त गरेका हुन् ।
‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ। हिजो त्यस्तै भयो। हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो। उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो। मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्यो। शुभ बिहानी !’