Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाहिरियो सुदूरपश्चिम र कर्णालीबाट मनसुन, बाँकी भू-भागमा कस्तो छ मौसम ?

काठमाडौं । नेपालबाट यो वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो ।

शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077