Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाउन निर्देशन दिएका छन् ।

शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको उद्घाटन गर्दै उनले सो निर्देशन दिएका हुन् ।

उनले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताए ।

“सामाजिक सञ्जालमा सक्रियता, हस्तक्षेप आवश्यक छ । साथीहरुको फेसबुकमा कामका कुरा, ज्ञानका कुरा केही लेखेको छैन । चिनेका साथीहरुको फेसबुक हेर्यो, कामको कुरा केही छैन । यस्तो हस्तक्षेप होइन, जगारणका लागि, भ्रम, अन्योल चिर्नका लागि हस्तक्षेप । अगाडि बढ्ने उपाय, पार्टी युनिटी, पार्टीमाथिको प्रहार रोक्नका लागि हस्तक्षेप आवश्यक छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077