Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपत्यका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले भने - पार्टीभित्रै हारेपछि मन दुख्छ, सर्वसम्मत गर्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै अस्वस्थ प्रतिस्पर्धामा नउत्रन आग्रह गरेका छन्।

काठमाडौंमा पार्टी उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिए ।

अध्यक्ष ओलीले भने, ‘हाम्रा विपक्षीहरूले अधिवेशनको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन् । उपत्यका विशेषले एकोहोरो खालको अर्को खालको टिकाटिप्पणी गर्ने मौका नदेओस् । अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्वसहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔं ।’

अध्यक्ष ओलीले अधिवेशनमा कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर पार्टी नेतृत्वले दिएको निर्देशनलाई सञ्चारमाध्यम र विपक्षीले नसुनेको बताए । उनले सहमति नभए अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरे ।

उनले अहिलेसम्म लडेभिडे भन्ने सन्देश प्रवाहित भएकाले उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्वय चयनमा अर्को टीकाटीप्पणी गर्ने मौका दिन नहुने बताए।

पार्टीभित्रको प्रतिस्पर्धामा पनि जित्नका लागि विभिन्न अभ्यास गरेको जस्तो देखिएकाले सहमति नै जान उनले सुझाव दिए। ओलीले पार्टीका हरेक व्यक्तिको काम नेतृत्वले मूल्यांकन गर्ने भएकाले नेतृत्वको मूल्यांकनमा भर नपर्दा समस्या देखिनसक्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077