Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर धितो कर्जाको १२ करोडको सीमा बढाइयो, अब कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा बढाएको छ। राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

अब कुनै व्यक्तिले सेयर धितोमा अधिकतम १५ करोड रूपैयाँसम्म कर्जा पाउने भएको हो । हाल यस्तो सीमा अधिकतम १२ करोड रूपैयाँ तोकिएको छ । साथै, अब व्यक्ति र संस्थालाई अलगअलग सीमा लाग्ने भएको छ।

अब संस्थाले एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ।

राष्ट्र बैंकले गत वर्ष कात्तिकबाट लागू हुने गरी सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077