Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसियाली खेलकुदमा सोचेजस्तो नतिजा आउन सकेन : रोहित पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसियाली खेलकुदमा सोचेजस्तो नतिजा नआएको बताएका छन् ।

चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भइ स्वदेश फर्किएपछि पौडेलले यस्तो बताएका हुन् ।

क्वाटरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज मध्याह्न क्रिकेट टोली स्वदेश फर्किएको हो ।

कप्तान पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताए । उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए ।

उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताए । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताए ।

टि–२० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077