Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • आईसीसी एकदिवसीय विश्वकप आजदेखि, इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

    आईसीसी एकदिवसीय विश्वकप आजदेखि, इङ्ल्यान्ड र न्युजिल्यान्ड भिड्दै

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् ।

    यो खेल अपराहन्न २ः१५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने छ । यो स्टेडियममा एक लाख ३२ हजार जना दर्शक अट्न सक्ने क्षमता छ । भारतले उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न कला, कौशल र प्रविधिको प्रयोग गर्नेछ । इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो ।



    यो विश्वकपका खेलहरू भारतका १० वटा सहर–अहमदाबाद, धर्मशाला, नयाँ दिल्ली, मुम्बई, पुने, चेन्नई, हैदराबाद, कोलकाता, लखनउ र बेङ्लोरमा हुनेछन् ।



    विश्वकपमा भारत, अफगानिस्तान, अस्ट्रेलिया, बङ्लादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार