Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको दाबी - नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) समयमै पूरा भएपछि नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्ने दाबी गरेका छन् ।

परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले नेपालको विकासमा अमेरिकाको सहयोग महत्वपूर्ण रहेको बताए । यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्नेसमेत उनको भनाई छ ।

परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077