Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशमा धर्मको नाममा फाटो ल्याउने काम भइरहेको छ : केपी ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्मिक, साम्प्रदायिक अतिवाद र विद्वेष फैलाउने काम नराम्रो भएको बताएका छन् ।

बुधबार विराटनगर परेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गलत मनसायले देशमा विद्वेष फैलाउने कार्य भइरहेको बताए।

उनले धार्मिक अतिवाद र विद्वेष फैलाउने काम देश र जनताको हितमा नहुने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए।

अध्यक्ष ओलीले भने,'गलत अभिष्ट पूरा गराउन यसमा मान्छेहरू खेल्न खोजिरहेका छन् । तर नेपाली जनता यस्तो कुरामा नलाग्ने विश्वास छ । यस्ता घटनाले भएको क्षति नेपाली जनता धेरैपटक भोगिसकेकाले द्वन्द्व बढाउने काममा लाग्दैन, लाग्नु हुँदैन।'

बहुजातीय, बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिकता देशको राष्ट्रिय सम्पदा भएकोले संरक्षण गर्नुपर्ने भएकाले विद्वेष फैलाउने र देशलाई द्वन्द्वतर्फ लग्ने कार्य किमार्थ सह्य नहुने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले विद्वेष र द्वन्द्वबाट निष्कर्षमा पुगेको कुनैपनि कुरोको परिणाम असल नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077