Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको प्रश्न - गठबन्धनले न्यायालयलाई आफ्नो विभाग बनाउन खोजेको हो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले न्यायालयलाई विभाग जस्तो बनाउन खोजेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभामा समय लिएर बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले परीक्षामा फेल भएकालाई न्यायाधीश नियुक्ति गरेर गठबन्धन सरकारले संविधानमाथि नै हस्तक्षेप गरेको बताए।

अध्यक्ष ओलीले भने, ‘तपाईँहरूले न्यायालयलाई स्वतन्त्र रहन नदिएर गठबन्धनको विभाग बनाउन खोजेको हो? यो संविधानमाथिकै हस्तक्षेप हो । सम्भव छैन । हामी पनि छौँ यो देशमा । हामी न्यायालयलाई स्वतन्त्र सम्मानित, मर्यादित न्यायालयका रूपमा राख्न चाहन्छौँ । तपाईँहरूको विभाग बनाउन दिँदैनौँ ।’

अध्यक्ष ओलीले न्यायाधीश नियुक्ति र सरुवा आइसवर्ग भएको भन्दै संवैधानिक दुर्घटनाको कारक बन्नसक्ने भएकाले सावधान हुन आग्रह समेत गरे ।

अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थाप्रति पनि टिप्पणी गर्दै अर्थतन्त्रमाथि सरकारले राजनीति गरिरहेको बताए ।

जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको ओलीले टिप्पणी गरे ।

त्यस्तै आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको ओलीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077