Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न - सुन तस्करीको निष्पक्ष छानबिनसँग किन आत्तिनुभयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमाथि निष्पक्ष छानबिन गर्न सरकारले आलटाल गर्दै आएको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। अध्यक्ष ओलीले तस्करीको सुनमाथि छानबिन गर्नुको सट्टा ढाकछोप गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ नै लागिपरेको दावी गरे।

सुन तस्करीमा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै ओलीले गृहमन्त्री श्रेष्ठमाथि प्रश्न उठाए । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले हेटौंडामा दिएको अभिव्यक्तिलाई लिएर पनि आलोचना गरे ।

अध्यक्ष ओलीले भने,'साढे ९ किलो सुन भेपमा पक्राउ पर्छ तपाईं ढाकछोप गर्न लाग्नुहुन्छ । १ सय किलो सुन बरामद हुन्छ। छानबिन गर्दा के बिग्रिन्थ्यो ? महासय तपाईं किन आत्तिनुभयो स्वतन्त्र निष्पक्ष छानबिनसँग ?'

अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले भ्रष्टारचार नियन्त्रण गर्न चलाएको सुशासन अभियान रोक्न संगठितरुपमै विरोधी लागेको बताएको भन्दै आपत्ती जनाए।

सुशासन अभियान नभएर सरकारको काम भएको ओलीको भनाइ छ । प्रतिपक्षमाथि सुशासनको अभियान रोक्न लागेको भनेर गृहमन्त्रीले गलत बोलेको ओलीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077