Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले एकै ओभरमा गुमायो दुई विकेट, कुशल र रोहित पनि आउट

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले ११औँ ओभरमा लगातार दुई विकेट गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १०.४ ओभरमा कुशल मल्ललाई व्यक्तिगत २९ रनमा गुमाएको हो ।

सोही ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहितकुमार पौडेललाई तीन रनमा गुमायो ।

टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077