Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ १० रनमा 'आउट'

काठमाडौं । । चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेट रुपमा ओपनिङ ब्याटर आसिफ शेख १० रन बनाएर आउट भएका हुन् । ६ बल सामना गरेका आसिफले १ छक्का र १ चौका प्रहार गरेका थिए।

भारतका बलर अभिस खानले आसिफलाई जितेश शर्माबाट क्याचआउट गराए।

पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । २०३ रनको विजयी लक्ष्यका साथ नेपाल जवाफी ब्याटिङ गरिरहेको छ। नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077