Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने

काठमाडौँ । राप्रपाको केन्द्रीय समिति बैठक आगामी मंसिर ९ गते बस्ने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंसिर ९ देखि ११ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।

बैठकले दैनिक उपभोग्य बस्तुमा भएको चरम मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेश स्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077