Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९औं एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग खेल्ने

काठमाडौं । चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

समूहचरणमा विश्वकीर्तिमानी इनिङ खेल्दै क्वाटरफाइनल पुगेको नेपालले एसियाडको उपाधि दाबेदार भारतसँग अब क्वाटरफाइनलमा भिड्ने तय भएको हो।

सोमबार भएको ‘ड्र’मा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो। सोझै क्वाटरफाइनल पुगेका टेस्ट राष्ट्रहरू मध्येमा क्वाटरफाइनल प्रतिद्वन्द्वी गोलाप्रथाबाट चयन गरिएको थियो। नेपालका कप्तान रोहित पौडेलले तानेको चिठ्ठामा भारत प्रतिद्वन्द्वीका रूपमा पाए।

समूह चरणमा नेपालले मंगोलिया र माल्दिभ्सलाई हराएको थियो । भारतले एसियाडमा राष्ट्रिय टिममा अनुभव बटुलिसकेका खेलाडीहरूलाई पठाएको छ। टेस्ट राष्ट्रहरुले सिनियर टिम नपठाएपनि अनुभवी टिम पठाएका छन्।

नेपालले भने आफ्नो राष्ट्रिय टिमलाईनै एसियाडमा उतारेको छ। नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ । अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077